सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने भन्दै बालुवाटारमा प्रदर्शन

बालुवाटारमा सरकारविद्धरु प्रदर्शन भएको छ । सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् ।
प्रदर्शनकारीहरुले खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एका देशको १० अर्बको कथा कटै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

Comment here