असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खाल्ने

व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मलहरु खोल्ने भएका छन् ।  सरकारले सपिङ मलहरु अहिले नै नखुलाउने निणर्य गरेको छ तर व्यवसायीहरुले भने लामो समय बन्द हुदा समस्यामा बढ्दै गएको भन्दै खुल्ला गर्ने निणर्य गरेका छन् । आर बि कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टर लगायतका मलहरु सञ्चालन गर्ने तयारी व्यवसायीहरुले गरेका हुन् । लकडाउन लम्बिदै जा“दा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरुले मलहरु सञ्चालन गर्न लागेका हुन् ।

व्यसायीहरुले काममा फर्कनु पर्ने कुनै रहन नभई बाच्नको लागि बाध्यता भएको बताएका छन् । उनीहरुले सरकारले अन्य पसलहरु सञ्चालन गर्न दिने तर सपिङमलहरु सञ्चालन गर्न नदिने गरी गरेको निणर्यको विरोध गर्दै कोभिड १९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाई मलहरु खोल्ने निणर्य गरेका हुन् । व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

Spread the love