प्रतिनिधिसभा विशेष समय, ज्ञानेन्द्र बहादुर कार्की

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सहयोग (एमसीसी) परियोजनालाई सत्तारुढ दलका नेताहरुले राष्ट्रघाति भन्नु दुःखद भएको बताउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहँले एमसीसी ल्याउन धेरै सरकारले योगदान गरेको र यो एकै रातमा बन्द कोठाबाट नभएको बताउनुभयो ।

एमसीसीले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई अगाडी बढाउने उल्लेख गर्दै उहा“ले विद्युतको क्षेत्रमा यसले ठूलो गेम चेञ्जरको भूमिका खेल्ने बताउनुभयो । सम्झौता लागु भएपछि अमेरिकी सेना नेपाल आउँछ भन्ने भ्रम छरिएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । सम्झौतामा कुनै सैनिक गतिविधि हुने, नेपालको संविधानभन्दा माथि हुने भन्ने कुरा उल्लेख नभएपनि भ्रमण सिर्जना गरिएको उहा“ले बताउनुभयो ।

सम्झौता अनुसार काम गर्न अमेरिकी ठेकेदार आउछ भनेर अर्को भ्रम छरिएको उल्लेख गर्दै उहाले त्यो कुनै दफामा नलेखिएको र ग्लोबल टेण्डरबाट काम अगाडी बढ्ने बताउनुभयो । एमसीसी गुमाए अरुण तेस्रो गुमाएको भन्दा ठूलो पीडा हुने तथा विश्वसनियता र आर्थिक सम्भावनाको ढोका पनि गुम्ने उहाँले बताउनुभयो । उहा“ले एमसीसीलाई बहसको विषय बनाएर संसदमा छलफल गरी निष्कर्षमा पु¥याउन पनि सभामुखलाई आग्रह गर्नुभयो ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको हस्ताक्षर भएको सम्झौतामा कार्कीले नेपालको तर्फबाट हस्ताक्षर गर्नुभएको छ । उहा अर्थमन्त्री भएको समयमा नै यो सम्झौता भएको हो । पछिल्लो समय सत्तारुढ दलभित्र एमसीसी पारित गर्ने र नगर्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ ।

Spread the love