बुद्धले एयरले देखायो सुरक्षा निर्देशिका अनुसार डेमो

कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ । सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व आज अभ्यास गरेको हो । उडान सुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट राक्ने सकियोस भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले बताउनुभयो । प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उहाँले बताउनुभयो ।

आन्तरिक उडान करिब ४० दिनपछि सुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उहाँको भनाई छ । बुद्धले नियमित उडान सुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उहाँले बताउनुभो । यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ । तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उहाँले बताउनुभयो । हरेक उडानपछि जहाव डिसइन्फेक्सन हुने उहाँको भनाई छ ।

यात्रुले टिकट कसरी लिने, कसरी एयरपोर्ट आइपुग्ने, चेक इन काउन्टर, र्‍याम्प बसको बसाइ र जहाजमा पसेपछि अवलम्बन गर्नैपर्ने नियमहरूबारे जानकारी दिन बुद्धले नमुना अभ्यास गरेको हो । परीक्षणस्वरूप काठमाडौंबाट पोखरासम्मको उडानमा सहभागी रहदा यात्रु र विमान कर्मचारीले केके गर्नुपर्छ भन्ने डेमो गरेको हो । यसका लागि एटिआर जहाजमार्फत ७० जना यात्रुका लागि कम्पनीले दुई दिनअघि नै टिकट बुकिङ गरेको थियो । यात्रुलाई विमानस्थल आइपुगेपछि फोनमार्फत टिकट देखाउनका लागि पहिले नै जानकारी दिएको थियो । काठमाडौंबाट कुनै पनि गन्तव्यमा उडान गरेको जहाजलाई दैनिक करीब एक घन्टा लगाएर फोम र स्प्रे प्रयोग गरेर डिसइन्फेक्ट गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

Spread the love