प्रधानमन्त्रीबाटअन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बीच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई मंगलबार सम्मान र पुरस्कार प्रदान गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णय बमोजिम तोकिएको मापदण्डकाआधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्रीओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।
गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान लगायत तथा चीनको हाइजाओमा गतअसोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियन सिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावाबीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिष कुमारी चौधरी, प्रशिक्षक रुपेश कुमार विष्टलाई पुरस्कार प्रदान गरियो ।
खेल क्षेबाटअन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमाम हत्वपूर्ण योगदान दिएकामा उहाँहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मतलियो भने खेल जित्न सकिन्छभन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताए ।
उनले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकीअन्य खेलाडीहरुको विवरणचाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिए ।
यस्तै, सोही क्रममा नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले पुरस्कार प्राप्ती छिटो नहुँदा कहिलेकाही निराशा पनि पैदा हुने गरेको भन्दै अहिले पुरस्कार सम्बन्धी कानून बनेको एउटा खुसीको कुरा भएको बताए ।

Spread the love