भोली हुने फाइनल खेलका लागि पूर्णरुपमा तयार छौं : प्रशिक्षक तामाङ

काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिन सिपको फाइनल खेल भोली (बुधबार)हुँदै छ ।
खेल त्रिपुरेश्वरस्थि तदशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भईरहेको बताए।
यसको साथै,नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने बताईन् ।
यस्तै, भोली जसले बढि फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने भन्दै फाइनलको लागि तयार रहेको पनि बताईन् ।
यसअघि नेपाल र म्यानमारबीच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २– २ को बराबरीमा सम्पन्न भएको थियो ।चार देश सम्लिति रहेको उक्त प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित, लेबनान, र्किगिस्तान र म्यानमारले सहभागीता जनाएका हुन्।
फिफा वरियातमा म्यानमार ५५औँ स्थानमा रहेको छ । नेपाल १०३औँ स्थानमा रहेको छ। ग्त फागुन ५ गतेबाट सुरु भएको प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर आयोजना गरेको हो।

Spread the love