काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ २६ पैसा र बिक्रीदर १५० रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १८० रुपैयाँ कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २० पैसा र बिक्रीदर १०४ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ१७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ१३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा कायम भएको छ।