काठमार्डौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले संघको भवन समुद्घाटन गरेका छन् । सोमबार काठमाडौंको सिफलमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनीक भवनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सिफल चौर नजिक ६ आना १ दाम क्षेत्रफलमा रहेको घर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको थियो । संघले व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेरसाँढे३ तलाको घर खरिद गरेको हो । पटक पटक प्रयासहरु गरिए पनि संघ स्थापनाको ३२ वर्षपछि भवन खरिद कार्य सफल भएको हो । संघको आफ्रनै भवनमा कार्यलय राख्न पाउदा संघका पदाधिकारी, सदस्य तथा सम्पूर्ण व्यवसायीहरु गौरवान्वित भएका छन् ।
समुद्घाटनका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताए । मन्त्री भण्डारीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलेआफ्नै प्रशासनिक भवन खरिद लगायतका व्यवसायीहरुको हितमा महत्वपूर्ण कार्यहरु गर्न सफल भएकोमा आभार व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भवन खरिद गरी इतिहास रचना गर्न सफल भएको बताए । उनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अझै धेरै राम्रा काम गर्दै जाने विस्वास व्यक्त गरे ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आफ्नैभवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरावन्वित महशुस भएको बताए । उनले भवन खरिदका लागि सम्पूर्ण व्यवसायीहरुको उत्साहपूर्ण सहयोग रहेको बताउँदै सहयोगी सम्पुर्ण व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरे ।अध्यक्ष भण्डारीले विभिन्न चुनौतिहरुको बाबाजुद आफ्नो कार्यकालमा भवन खरिद गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले व्यवसायिक वृहत्तर हितलाई ध्यानमा राखी सम्पूर्ण व्यवसायीहरुलाई संघमा ऐक्यवद्ध भई अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ९कुमार०ले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गर्नुपर्ने कार्यहरु धेरै रहेकोले सहयोग गर्न सम्ूुर्ण व्यवसायीहरुलाई आग्रह गरेका थिए । महासचिव मेघनाथ भूर्तेल लगायतले सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगबाट संघले ऐतिहासिक कार्य गर्न सफल भएको बताउँदै सम्पुर्ण सहयोगी व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।