काठमाडौं । नेपाल सरकार, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रोजगार उन्मूख सीप विकास तालिम सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सोही कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अगाडि बढाउन खोजी रहेको बताएका छन् ।
यस्तै, वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो भनेर अगाडि बढेको पनि उनको भनाई छ ।

रोजगारमुलक सिप विकास तालिम मार्फत रोजगारदाता संस्थाका लागि दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारी न्यूनिकरण गराउने उद्देश्यले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघ बीचको साझेदारीमा हस्तकला सम्बन्धी पेशाको क्षेत्रमा विकास समिती गठन आदेश, २०८० को दफा७(ङ) बमोजिम औधोगिक प्रतिष्ठान वाउद्योगी संघ/संस्था वा तालिम प्रदायक सस्थाहरुसँगको समन्वय र सहकार्यमा रोजगार उन्मूख सीप विकास तालिम, उद्यमशिलता विकास तालिम र प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्न यो समझदारी पत्र तयार गरिएको हो ।

