न्यूयोर्कमा लायन्स कुईन्स बुद्धको सफलताका कथाहरु २०२० विषयक भर्चुअल बैठक सम्पन्न

न्यूयोर्कमा लायन्स कुईन्स बुद्धको सफलताका कथाहरु २०२० विषयक भर्चुअल बैठक सम्पन्न भएको छ । लायन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा सफलताका कथाहरू २०२० बिषयक बैठक विभिन्न प्रतिवेदन पेश गर्दै यहि जुलाई १८ तारिख भर्जुयल पद्दतिबाट भव्यरूपमा समपन्न भएको छ । न्यूयोर्क, अमेरिका ः हामी सेवा गछौं भन्ने मूल नाराका साथ स्थापित लायन्स क्लबहरूमध्ये अमेरिका भरि छरिएर रहेका नेपाली लायन्सहरुको प्रतिनिधित्व हुने गरी लायन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा “ सफलताका कथाहरू २०२० बिषयक बैठक विभिन्न प्रतिवेदन पेश गर्दै यहि जुलाई १८ तारिख परोक्ष भर्जुयल पद्दतिबाट भव्यरूपमा समपन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले नेपालीहरु अरू समुदायको लागि असल भएजस्तै आफ्नो समुदायको लागि असल बन्ने जीवनशैलीको विकास गर्नु पर्नेमा जोड दिए । राजदूत डा. कार्कीले नेपालीहरु विश्वभर जहा‘ पुगेपनि आफ्नो भाषा संस्कृतिलाई नछोडेको बरु आफ्नो समुदायमा जोड्ने र जोडिने धेरै उपायहरू निकालेर मानवीय सेवामा लाग्ने गरेको उल्लेख गर्दै मानवीय सेवाले मानिसलाई वास्तविक रूपमा शान्ति र आनन्द दिलाउने बताए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलका पूर्व डाइरेक्टर संजय खेतानले अन्तरराष्ट्रिय लायन्सहरुको क्षेत्रमा नेपाली लायन्सहरुको सधैं उच्च स्थान रहेको उल्लेख गर्दै लायन्स क्लब अन्तराष्ट्यिको वेव साइट नेपाली भाषामा पनि चाडै तयार हुने जानकारी दिए । लायन्स क्लवहरु अहिले कोरोना संक्रमणका बिरुद्ध नेपाल सरकारसककंग मिलेर सबैभन्दा अग्रपंतिमा रहेर मानवीय सेवामा सक्रिय रहेको पनि खेतानले जानकारी दिए ।
लाईन्स क्लब अफ क्साविफोर्नियाबाट पहिलो नेपाली गभर्नर राजेन थापाले अमेरिका लायन्स क्लबहरूको अवसर र चुनौतिहरूका बारेमा प्रकाश पार्दै अमेरिकामा धेरै लायन्स क्लबहरू र नेतृत्वहरू पनि नया पुस्ता जन्मिने क्रममा रहेको जानकारी गराए ।

यस्तै अर्का अतिथि राज श्रेष्ठले नेतृत्वको विकास , अवसर र चुनौतिको बिषयका साथै लायन्स क्लबले कसरी काम गर्ने भन्ने तौर तरिकाहरूको बारेमा सविस्तार जानकारी गराएका थिए ।
कार्यक्रममा बि एन पन्त, थलराज पन्त, मीना क्षेत्री , संजय थापा , कपिलदेव सुवेदी, देवेन श्रेष्ठ, बिन्दु सापकोटा, अस्मिता फुयाललगायतले आ( आफ्नो सान्दर्भिक मन्तव्य राखेका थिए ।
लायन्स क्लब अफ कुईन्स बुद्धका अध्यक्ष रिमाया नेपालीको सभापतित्व र स्वागत मन्तव्यबाट भएको कार्यक्रम संस्थापक अध्यक्ष कृष्ण आचार्यले संचालन गरेका थिए । कार्यक्रमको सचिवालयमा दिपकराज घिमिरे , अर्जुन गैडेल, बुद्ध पौडेल, बेगम पंडित, विकि पुलामीलगायतको टिम सकृय रहेको थियो । डिस्ट्रिक २०(के १ ,न्युयोर्क ,क्विन्स बुद्ध लायन्स क्लबले आयोजना गरेको कार्यक्रमको प्रत्यक्ष प्रशारण क्विन्स बुद्ध लायन्स क्लबको फेसबुक पेज , रूपान्तरण , मकै हाउसले गरेका थिए ।

Spread the love