आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको बताएका छन् ।
बिहीवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिंदै उनले आगामी दशवर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।
उनले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिको पनि बताए ।
उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूँजी र जाँगरको उचित उपयोग गर्दे स्कील्ड नेपाल र सीपयुक्त नेपालीको अवधारणामा आगामी दिनमा डिजिटल ट्र्याप डेथ ट्र्याप र डेट ट्र्याप बाट बाहिर निकाल्न समेतका लागि मन्त्रालय कटिबध्द रहेको रहेको बताए ।

Spread the love