हाम्रो कार्यशैली लकिरका फकिर जस्तो भएको रक्षामन्त्री ईश्वर पोखरेलको टिप्पणी

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली लकिरका फकिर’ जस्तो भएको टिप्पणी गर्नुभएको छ । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति हुन नसकेको बताउनुभयो । राष्ट्रिय गौरबका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उहाँले बताउनुभयो । आयोजनाहरुको काम अगाडी बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उहाँले बतानुभयो ।

शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७÷०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रम सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७÷०७८ मा नेपाली सेना अन्तरगत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

Spread the love