काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताएका छन् ।
बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बाल संरक्षण राष्ट्रिय सञ्जाल एनसिपिएद्वारा आज प्रधानमन्त्री निवास,बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रथम महिला राधिका शाक्य समेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बाल श्रमका समस्या र समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई सामूूहिक रुपमा चिठी बुझाएका थिए ।
कार्यक्रममा एनसिपिएका पूर्व अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताइन् ।