वीरगञ्जमा सवारी दुर्घटना हुंदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

रौतहट। पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुंदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडक खण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड गरिरहेको एच आर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
शुक्रबार बिहान ५ बजेतिर भएको दुर्घटनामा छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादवको मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ ।हाल चालकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Spread the love