मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटना स्थलको अवलोकन गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री मोदीले अहमदाबादको विमान दुर्घटना स्थल साथै अस्पतालमा पुगेर दुर्घटनाबाट बाँचेका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
विहीबार उक्त स्थानमा एयर इन्डियाको उडान एआई १७१—बोइङ ७८७—ड्रीमलाइनरको दुर्घटना भएको थियो । जसमा २४२ जना सवारमध्ये धेरैजसोको मृत्यु भएको थियो र जमिनमा भएको हताहतबाट घाइतेहरुको अवस्था बुझेका छन् ।
सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि, मोदी तुरुन्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केन्द्रीय नागरिक उड्डयनमन्त्री राम मोहननायडूसँगै मेघानी नगरको दुर्घटना स्थल पुगेका थिए ।


अधिकारीहरूले विमानको एउटा ब्ल्याकबक्स फेला पारेका छन् र अमेरिकी एजेन्सीहरूसँग मिलेर विमान दुर्घटना अनुसन्धान ब्यूरोले इन्जिन थ्रस्ट फेल वा चरा ठोक्किनु जस्ता सम्भावित कारणहरूको जाँच गरिरहेको छ।
प्रधानमन्त्री मोदीले अहमदाबाद सिभिल अस्पतालको भ्रमण गरी दुर्घटनामा बाँचेका एकमात्र यात्रु ब्रिटिश÷भारतीय नागरिक विश्वास कुमार रमेश र लगभग २५ अन्य घाइते व्यक्तिहरूको हेरचाह गर्ने डाक्टरहरूलाई भेटेका थिए ।
उनले प्रभावित परिवारहरूलाई सहयोग गर्ने र भारतको सबैभन्दा खराब उड्डयन दुर्घटनाहरू मध्ये एकको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

Spread the love