कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिको सरोकारवालाबीच छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवालाहरुले कृषि विद्येयकमा कृषक मैत्रीनीति आउनु पर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको सभा हलमा कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवालाबीचको छलफलमा उनिहरुले कृषिमैत्री नीतिमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले बजेटमा कृषिको बारे अझै सम्बोधन हुन नसकेकोले नेपालको कृषि विकास गर्ने हो भने अब जारी हुने कृषि विद्येयकमा कृषक मैत्री नीति आउने विश्वास व्यक्त गरे ।
उनले विगतमा नेउवा महासंघले कृषि विधेयकको आवश्यकतालाई महसुस गरि बहस पैरवी गरेको कारण कृषि विधेयक ल्याउन सरकार लागेको बताउँदै विद्येयकमा समावेश गर्ने राय, सुझाव संकलन गर्ने कार्यमा कृषि उद्यम केन्द्रले गरेको कार्यको प्रशंसा गरे । उनले प्रस्तावित विद्येयक र नीतिमा अझै समावेश गर्न छुटेको बुदांहरु उपलव्ध गराउन, बन,कृषि र भूमि सुधारमा अझै पनि धेरै समस्या रहनका साथै अन्तर मन्त्रालयको बीचमा समन्वय हुन नसक्दा उत्पादनमा कमी र युवाहरु कामको लागि देश छोडनुपर्ने वाध्यतालाई कम गर्न देशमै रोजगारी सृजना गर्न आवश्यक रहेको बताए । उनले कृषिको व्यवसायीकरण गरि आयातलाई प्रतिस्थापन गर्ने कार्य तर्फ व्यवसायी लाग्ने भएकोले महासंघले उपलब्ध गराउने राय, सुझावहरुलाई समावेश गर्न सरकारलाई अनुरोध गर्ने प्रतिवद्धता जनाए ।

Spread the love