काठमाडौं । अमेरिकाको टेक्सास हिलकन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यानगएको छ।
अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ ज्ना अझै बेपत्ताछन्।
टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टमग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टिभएको छ।
स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुपनदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्पमिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्तिअझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्। मृतकमा ४० वयस्क र २८ बालबालिका छन्। मृतकमध्ये १८ वयस्क र १० बालबालिकाको पहिचान हुन बाँकी छ।
१६० भन्दा बढीको हवाई उद्धार गरिएको छ। आठ सय ५० जना घाइते नभएका र ८ जना घाइतेलाई उद्धार गरिएको छ।