सुनको मूल्यमा एकैदिन ६ हजार २ सय रुपैयँको भारी गिरावट

बुधबार सुनको मूल्यमा प्रतितोला ६ हजार २ सय रुपैयाको गिरावट आएको छ । लगातार बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको सुन बुधबार एकैदिनमा ६ हजार २ सय रुपैयाले घटेर ९५ हजार ४ सय रुपैयँ प्रतितोलामा कारोबार भईरहेको छ । लगातार बढीरहेको सुनको मूल्य पछिल्लो १ हप्तामा ८ हजार ५ सय रुपैैयाको गिरावट आएको छ । बुधबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चादीको मूल्य पनि प्रतितोला २ सय २५ रुपैयाँले ओरालो लागेको छ ।
मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चादीको मूल्य बुधबार घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँ पुगेको छ । ५ महिना अघि मात्रै प्रतितोला ७१ हजार रुपैयामा कारोबार भईरहेको सुनको मूल्य मंगलबार १ हजार ४ सय ३५ रुपैयामा पुगेको थियो ।

Spread the love

Comment here