निषेधाज्ञा केही खुकुलो भएपनि खुल्ला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने

निषेधाज्ञा केही खुकुलो भएपनि खुल्ला स्थानमा भेला हुन, भडिभाड गर्न, सभा जुलुस गर्न भने नपाइने भएको छ । यस्तै जात्रा, महोत्वसव, भोजभतेर गर्न नपाइने, मठ, मन्दिर, मस्जिद, चर्च लगायत धार्मिक स्थलहरुमा दैनिक नित्य पुजा बोहकका गतिविधि सञ्चालन गर्न नपाउने उहाँले बताउनुभयो । चाडपर्व लगायतका धार्मिक, सांस्कृति तथा सामाजिक कार्यका लागि भेला हुन नपाइने, शैक्षिक संस्था संचालन गर्न नपाउने निर्णय पनि प्रशासनले गरेको छ । यस्तै सभा, गोष्टि, तालिम, सेमनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्ज स्थल, शैलुन, व्युटी पार्लटर, स्पा, स्वीमिङ पुल, जिमखाना समहुमा खेलिने खेलकुद र खेल प्रस्तुति प्रदर्शनी, पुस्ताकालय संग्राहलय र चिडियाखाना पनि सञ्चालन गर्न नपाइने भएको छ । उद्योग, व्यापार, व्यवसाय निर्माण कार्य आदीका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड विपरित श्रमिक कामदारको ओसार पोसार गर्ने कार्य गर्न नपाउने उहाँले बताउनुभयो ।

Spread the love