आइतवार नेप्सेका सबै परीसुचक घटे

बैशाख १२ , काठमाडौँ ।शेयर बजार परिसुचक नेप्से आइतवार ७५ दशमलव ७९ अंकले  घटेर२ हजार ५७२ दशमलव २२ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२ दशमलव ५६  अंकले घटेर  ४६४ दशमलव शून्य ५ पुगेको छ। आइतवार शेयर बजारमा  रू. ७ अर्ब २८ करोड ४१ लाख ९४  हजार ९ सय शून्य १ रुपैयाको कारोवार भएको छ । आइतवार १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयरको कारोबार भएको हो । सो कारोवार १ लाख ४ हजार ४० पटकमा खरिद बिक्री भएको हो।

बैकिङ ,विकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परिसुचकमा गिरावट आएको छ । बैकिङ क्षेत्रमा २ दशमलव ३४ प्रतिशतले गिरावट आएको  हो । त्यसैगरी २ दशमलव ९७ प्रतिशतले विकास बैक क्षेत्रमा  र फाइनन्स  क्षेत्रमा ३ दशमलव ४ प्रतिशतले गिरावट आएको  हो । त्यसैगरी हाइद्रोपावर , व्यापार, उत्पादन, लाईफ इन्सोरेन्स, लगानी  र अन्य क्षेत्रको समुहगत परिसुचकमा पनि गिरावट आएको छ । ४ दशमलव ३७ प्रतिशतले हाइद्रोपावर क्षेत्रमा ,व्यापार क्षेत्रमा ३ दशमलव १ प्रतिशत, उत्पादन क्षेत्रमा  दशमलव ४५ प्रतिशत, लाईफ इन्सोरेन्स क्षेत्रमा २ दशमलव ६८ प्रतिशत, लगानी  क्षेत्रमा ३ दशमलव ३७ प्रतिशत र अन्य क्षेत्रमा  २ दशमलव ३४ प्रतिशतले  गिरावट आएको  हो ।
कावेली विकास बैकको शेयर मूल्य १४ प्रतिशत बढेर सबै भन्दा बढी नाफा कमाएको छ । महिला लघु वित्त वित्तिय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र विशाल बजार कम्पनी लिमिटेडको ९ दशमलव ९७ प्रतिशतले शेयरमूल्य बढेको हो । आइतवार चन्द्रागिरी हिल्सको ८ दशमलव ४३ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १ हजार ९५५ कायम भएको हो ।
आइतवार सबैभन्दा बढी शेयर कारोवार एनेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ ।आइतवार यस बैंकको रू. ३९ करोड ५२ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो ।
Spread the love