नेपाल वायुसेवा निगमको टिकटमा क्यूआरस्क्यान प्रणाली

बैशाख १४, काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंक लि. को सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआरस्क्यान प्रणाली सोमवारदेखि शुरू भएको छ ।

निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बिच निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गरेका थिए ।

निगमका महाप्रवन्धक पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए ।

Spread the love