सरकारद्धारा  गुण एयरलाइन्सलाई यतिसंग खरिद गरेका बिमान संचालन अनुमति

बैशाख १९, काठमाडौं । मन्त्रिपरिषदको निर्णय अनुसार गुण एयरलाइन्सलाई यति एयरलाइन्ससंग खरिद गरेका ५ थान जे४१ बिमान उडानका लागि थप गरिदिन अनुमति प्रदान गरेको छ ।

यतिका ५ वटा बिमान खरिद गरेको सम्बन्धमा र यसलाई थप उडानका लागि गुणले सरकारसंग अनुमति मागेको थियो । सोही आधारमा यही बैशाख १५ गते बसेको मन्त्रिपरिषद बैठकले गुण एयरलाइन्सलाई यो अनुमति दिएको संस्कृति तथा नागरिक उडयन मन्त्रालयले जनाएको छ ।

गुण एयरलायन्ससंग हाल २ वटा बिमान छन् भने अब यतिसंग खरिद गरेका ५ वटागरि ७ वटा बिमान उडाउन गुण एयरलायन्सलाई अनुमति मिलेको छ । यस्मा मन्त्रालयले गुण एयरलायन्सलाई ३ वटा शर्त राखेको छ । जस्मा, थप हुने बिमान २०७९ साल बैशाख १४ भित्र उडान भरिसक्नुपर्ने, नेपाल नागरिक उडयन प्राधिकरणका नियम पालना गर्नुपर्ने र थप हुने बिमान काठमाडौंको त्रिभुवन बिमानस्थलमा रहनेगरि शर्त राखिएको मन्त्रालयका एटिसी अफिसर सुवर्णराज भट्टराईले जानकारी दिए । गुण एयरलाइन्स साविकको सिम्रिक एयरलाइन्स हो ।

 

 

 

Spread the love