अक्सिजन सिलिण्डर

बैशाख ३०, काठमाडौं । अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने भएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो ।

अहिले प्रतितपत्र (एलसी) विना ड्राफ्ट÷टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लिखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ । अक्सिजन लगायतका जीवनोपयोगी सामग्री चाँडो भन्दा चाँडो आयात गर्न सहज होस भनेर यो निर्णय गरिएको हो ।

Spread the love