आइतवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ २ , काठमाडौ ।आइतवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । शनिवार प्रती केजी ३६ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य आइतवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ । त्यसैगरी काउली (स्थानिय) को मुल्यमा पनि परिवर्तन आएको छैन । काउली (स्थानिय) प्रती केजी २५ रुपैया मा कारोवार भइरहेको छ ।

शनिवारको तुलनामा प्याज सुकेको (भारतिय)को भने मुल्य परिवर्तन भएको छैन तर प्याज (हरियो) को मुल्यमा भने प्रतिकेजी १० रुपैयाले गिरावट आएको छ । प्याज सुकेको (भारतिय) प्रतिकेजी ३९ रुपैयामा कारोवार भइरहेको छ भने  शनिवार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको प्याज (हरियो )को मुल्य आइतवार प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ ।

शनिवार प्रतीकेजी २७ रुपैयाँ ५० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल)आइतवार ५ रुपैयाले वृद्दि भएर प्रतिकेजी ३५ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । गोलभेडा सानो(भारतीय)को मुल्यमा भने परिवर्तन आएको छैन । आइतवार गोलभेडा  सानो(भारतीय)प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । गोलभेडा सानो(लोकल)को मुल्य आइतवार ३ रुपैया ५० पैसाले मात्र वृद्दि भएको छ । आइतवार गोलभेडा सानो(लोकल) प्रतिकेजी २५ रुपैयामा कारोवार भइरहेको छ ।

Spread the love