मङ्गलवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ ४, काठमाडौ ।मङ्गलवार  पनि  काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमवार प्रती केजी ३६ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य मङ्गलवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ । त्यसैगरी काउली (स्थानिय) को मुल्यमा पनि परिवर्तन आएको छैन ।  सोमवार प्रती केजी २५ रुपैयामा कारोवार भएको काउली (स्थानिय) मङ्गलवार २ रुपैया २७ पैसाले वृद्दिइ भएर प्रती केजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

सोमवारको तुलनामा प्याज सुकेको (भारतिय) र प्याज (हरियो) दुबैको मुल्य मा परिवर्तन भएको छैन । प्याज सुकेको (भारतिय) प्रतिकेजी ३९ रुपैयामा कारोवार भइरहेको छ भने सोमवार प्याज (हरियो )को मुल्य  प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ ।

सोमवार को तुलनामा गोलभेडा सानो(टनेल)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । मङ्गलवार गोलभेडा सानो(टनेल) प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ । गोलभेडा सानो(भारतीय)को मुल्यमा  २ रुपैया ५० पैसाले वृद्दि भएको छ। सोमवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको गोलभेडा  सानो(भारतीय) मङ्गलवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

सोमवार प्रतिकेजी ५५ रुपैयामा करोवार भएको लसुन हरियो मङ्गलवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।त्यसैगरी लसुन सुकेको नेपाली को मुल्य पनि परिवर्तन भएको छैन । सोमवार  प्रतिकेजी १ सय ५ रुपैयामा कारोवार भएको लसुन सुकेको नेपाली मङ्गलवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

Spread the love