स्टार्टअप वर्ल्ड कपको फाइनल बुधबार हुने

जेठ ४, काठमाडौं । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

स्टार्टअप वल्र्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भइसकेका स्टार्टहब नेपालले जनाएको छ । १० जना मध्ये उत्कृष्ट एकजनालाई आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर मिल्नेछ ।

स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युबा परिषद रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेशन नेपाल, आइसिटी एशोसियसन नेपाल, सिएसआईटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाल रहेका छन् ।स्टार्टअप वर्ल्ड कपको मुख्य प्रायोजक सिप्रदी ट्रेडिङ प्रा लि रहेको छ भने अन्य प्रायोजकहरुमा ग्लोवल आइएमी बैक , नेपाल  बङ्गलादेश बैंक  , माछपुच्छे बैंक  , एन आइसी एसिया बैंक , शिखर इसुरेन्स, युनिग्लोव कलेज, लोमस फर्मास्युटिकल्स, नेपाल एयर लाईन्स ,सेन्चुरी बैक , अजोड इन्सुरेन्स ,सानिमा जनरल इन्सुरेन्स रहेका छन ।

नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल ईनजी, स्याटेलाईट स्टार्टअप, ईन्नेभेटिभ अटोमोबाईल लगाएत रहेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपँया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

Spread the love