विहीवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ ६, काठमाडौ ।विहीवार  पनि  काठमाण्डौमा आलु (रातो) को  मुल्यमा २ रुपैया ५० पैसा ले गिरावट आएको छ । बुधवार प्रती केजी ३५ रुपैयामा कारोवार भएको आलु (रातो) को मुल्य विहीवार ३३ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । त्यसैगरी  बुधवार प्रती केजी ३२ रुपैया ५० पैसामा कारोवार भएको काउली (स्थानिय) विहीवार ५ रुपैयाले वृद्दि भएर प्रती केजी ३७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

बुधवार प्रतिकेजी ४१  रुपैयामा कारोवार भएको  प्याज सुकेको (भारतिय) को मुल्य १  रुपैया ५० पैसाले वृद्दि भएर विहीवार प्रती केजी ४२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ र बुधवार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको प्याज (हरियो) को मुल्य विहीवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

बुधवारको तुलनामा विहीवार गोलभेडा सानो(टनेल)को मुल्यमा ३ रुपैया ५० पैसाले गिरावट आएको छ ।  बुधवार प्रतिकेजी ४५ रुपैयामा कारोवार भएको  गोलभेडा सानो(टनेल)  विहीवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ । बुधवारको  तुलनामा विहीवार  गोलभेडा सानो(भारतीय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । विहीवार गोलभेडा सानो(भारतीय)  प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

 

Spread the love