विहीवार सुनको मुल्यमा ७ सयले वृद्दि

जेष्ठ १३ , काठमाडौँ । विहीवार सुनको मुल्यमा ७ सयले वृद्दि भएको छ । । बुधवार  प्रतितोला ९३ हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य विहीवार प्रतितोला ९४ हजार २ सयमा कारोवार भइरहेको छ । बुधवार  प्रतितोला ९३ हजारमा कारोवार भएको तेजावी सुनको मुल्य विहीवार ७ सयले वृद्दि भएर प्रतितोला ९३ हजार ७ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्य मा कुनै पनि परिवर्तन आएको छैन । बुधवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार पनि प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love