जेठ १३, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले किराना पसल खोल्न पाउनुपर्ने माग गरेको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै किराना पसल पनि बन्द गर्ने निर्णय गरेपछि चेम्वरको यो माग आएको हो ।
किराना पसल बन्द हुँदा उपभोक्ता मात्र नभई खाद्याान्न, दुध, पानी, तरकारी जस्ता अत्याबस्यक सामान विक्री नहुँदा सबैलाई मर्का परेको चेम्वरले आज बिहिवार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । चेम्वरका महानिर्देशक कैलाश कुमार बजिमयका अनुसार, तोकिएको मापदण्ड पुरा गर्दे र भौतिक दुरी कायम गरेर किराना पसल खोल्न नेपाल चेम्वर अफ कमर्सले माग गरेको छ ।
