सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

जेठ २५, काठमाडौं । छोटो समयमै लोकप्रिय बनेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ । सानिमा इन्स्योरेन्सले समाजमा धेरै सामाजिक काम पनि गर्दे आएको छ ।

Spread the love