सुनिलकुमार पोखरेल सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत

 

जेठ २८, काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । उनी अहिलेसम्म यहि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए ।

पोखरेल अघि गोविन्द गुरुङले प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए । पोखरेलले एनआइसी एसियामा करिब ५ वर्ष काम गरेको अनुभव छ । नबिल बैंकमा एक वर्ष काम गरिसकेका छन् । उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे। त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा डेढ वर्ष काम गरिसकेको अनुभव संगालेका छन् ।

असार १८ गतेदेखि लागू हुनेगरि पोखरेललाई सिभिल बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।
उनलाई बैंक सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी बनाएको हो । पोखरेल कामु प्रमुख कार्यकारी हुनुअघि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । अनुभवी बैंकर रहेका उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा १९ वर्षभन्दा बढी काम गरेका उनले अनुभव बटुलेका छन् ।

 

Spread the love

Comment here