काठमाडौं महानगरले भोलीदेखि खोप शुरु गर्ने

जेठ ३०, काठमाडौं । रोकिएको खोप लगाउने कार्यक्रम भोलीदेखि काठमाडौं महानगरले शुरु गर्ने भएको छ ।
६० देखि ६४ वर्ष उमेर समूहकालाई कोभिडविरुद्धको ’भेरोसेल खोप’ काठमाडौँ महानगरपालिकाले रोकेको खोप पुनः सुचारू गर्ने भएको हो । यस अघि महानगरभित्रको सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि २८ गतदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।

वडा–वडामा भिडभाड बढेकाले अस्पतालमा खोप लगाइने महानगरले जनाएको छ । वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ ।

काठमाडौँ स्वास्थ्य कार्यालय, काठमाडौँ जिल्ला प्रशासन र काठमाडौँ महानगरपालिकाबीच पुनः खोप सञ्‍चालन कार्यक्रम कसरी गर्न सकिन्छ भनी छलफल भएको थियो ।

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित भएको थियो । तीन दिनमात्र खोप लगाएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका २८ हजार मानिसलाई खोप लगाइ सकिएको छ । खोप असार १ गतेसम्म लगाउन लगाउन सकिनेछ ।

महानगरले गत मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो । चीनबाट आएको खोप लगाउने कार्यक्रम देशभर शुरु गरिएको छ ।

 

Spread the love