शुक्रवार सुनको मुल्यमा १ हजार २ सयले गिरावट

असार ४, काठमाडौँ । शुक्रवार सुनको मुल्यमा १ हजार २ सयले गिरावट आएको छ  । विहीवार प्रतितोला ९२ हजारमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९० हजार ८ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ३ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा ३५ रुपैयाले गिरावट आएको छ   । विहीवार प्रतितोला १ हजार ३ सय ४० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love