सोमबार ८ अर्वको शेयर कारोवार

असार १४,काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से सोमवार  ५ दशमलव ११ अंक बढेर २ हजार ८७५ दशमलव ४९ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ४ दशमलव १७ अंक बढेर ५३३ दशमलव ५७ विन्दु पार गरेको छ।

सोमवार रू. ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर कारोबार भएको छ

सोमवार लगानी समूहको परिसूचक २ दशमलव १४ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत, बैंकिङ्ग समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशत, जीवन बीमा समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत परिसूचक बढेको छ ।

त्यस्तै विकास बैंकको १ दशमलव ६४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत र अन्य समूहको शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

सर्वाधिक मूल्य घट्ने पाँच ओटा कम्पनीहरुमा रिलायन्स फाइनान्स, राधी विद्युत् कम्पनी, आइसीएफसी फाइनान्स र पञ्चकन्यामाई हाइड्रोपावर रहेका छन् ।रिलायन्स फाइनान्सको ४ दशमलव ९८ प्रतिशत, राधी विद्युतको ४ दशमलव ६८ प्रतिशत, आइसीएफसी फाइनान्सको ४ दशमलव ५३ प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको ४ दशमलव ४२ प्रतिशत मूल्य घटेको हो ।

सोमवार सर्वाधिक रकमको शेयर कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । अपर तामाकोशीको रू. ६६ करोड ९४ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य ३ दशमलव ५४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २९ ले घटेर अन्तिम मूल्य रू. ७९० कायम भएको छ ।

Spread the love