सोमवार यस्तो छ तरकारीको मुल्य

 

असार १५, काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा कुनै पनि परिवर्तन भएको छैन । सोमबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य मंगलबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा १५ रूपैयाँले वृद्धि भएको छ । सोमबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मंगलबार प्रतिकेजी ९० रुपैयामा कारोवार भइरहेको छ ।

मंगलबार प्याज सुकेको (भारतिय)को मुल्यमा सामान्य गिरावट भएको छ । सोमबार प्रतिकेजी ५१ रुपैयाँ ६० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) मंगलबार प्रतिकेजी ५१ रुपैया २० पैसामा कारोवार भइरहेको छ।

सोमबारको तुलनामा मंगलबार गोलभेडा सानो(टनेल)को मुल्यमा १रुपैया ६० पैसाले गिरावट भएको छ । सोमबार प्रतिकेजी ३६ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) मंगलबार प्रतिकेजी ३४ रुपैया चालीस पैसामा कारोवार भइरहेको छ । मंगलबार सानो गोलभेडा(लोकल्) को मुल्यमा १० रुपैया ८० पैसाले गिरावट भएको छ । सोमबार प्रतिकेजी ३७ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मंगलबार प्रतिकेजी २६ रुपैया ७० पैसामा कारोवार भइरहेको छ।

Spread the love