बिहिवार सुन तोलामा ५ सय बढ्यो

असार ३१, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार ३०० रुयैयाँले बढेको सुनको भाउ बिहीवार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

Spread the love