१० लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज चीन जाने

साउन ६, काठमाडौं । चीनबाट १० लाख डोज खोप ल्याउन आज बुधबार राती नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जाने भएको छ ।
कोभिड–१९ विरुद्ध चीनले उपलब्ध गराएको खोप लिन निगमको जहाज चीन जान लागेको हो ।

आज साँझ बेइजिङ प्रस्थान गर्ने जहाजले भोलि बिहान ६ बजे १० लाख डोज खोप लिएर आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले संचारकर्मीलाई जानकारी दिएका छन् ।

यसपछि निगमको जहाजले तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याउने छ । शनिबारसम्म चीनबाट खोप ल्याउने क्रम चल्ने उनले जानकारी दिए । नेपालले चीन, भारत र अमेरिकाबाट कोरोना बिरुद्धको खोप ल्याउन ल्याउने क्रम जारी राखेको छ ।

Spread the love