मौद्रिक नीति  आज अपरान्न ४ :१५ मा सार्वजनिक हुने

साउन २९,काठमाण्डौ । चालु आर्थिक वर्षका लागि  नेपाल राष्ट्र बैंकले आज अपरान्न ४ :१५ मा मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको आज भएको छलफलले पारित गरेपछी आजै अपरान्न ४ बजेर १५ मिनेटमा मौद्रिक नीति सार्वजनिक हुने भएको हो । कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।

दलहरुले बजेटलाई नै राजनितिक सौदाको विषय बनाउदै आएकोमा सो समस्या हटाउनकालागि संविधानमै जेष्ठ १५ मा बजेट ल्याउने व्यवस्था गरिएको छ तर राजनितिक खिचातानिको सिकार यसपाली मौद्रिक नीति भएको छ ।

मौद्रिक नीति  साउन १ गतेबाट नै लागु हुनेगरी आउनु पर्नेमा साउनको अन्तिम पुग्न लाग्दा बल्ल सार्वजनिक हुन लागेको हो । मौद्रिक नीति ल्याउनै लाग्दा सरकार परिवर्तनका कारण सार्वजनिक हुन ढिलाई भएको हो ।

पछिल्लो समय अर्थ मन्त्रालय र राष्ट्र बैक बिचको सन्चारमा समेत समस्या आएको चर्चा हुने गरेको छ । सरकार परिवर्तन भएसंगै अर्थ मन्त्रालयले राष्ट्र बैकलाई मौद्रिक नीति  ल्याउन रोक लगाएको थियो भने राष्ट्र बैकले साउनको पहिलो सातानै सार्वजनिक गर्ने प्रयास गरिरहेको थियो ।

Spread the love