विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

काठमाडौं । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो ।
‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ । जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ ।
राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौं चरणमा रहेको र यो उच्चतम स्तर मानिएको बताएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको बताए ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौं मानिस भोकमरीबाट पीडित छन् । प्रतिवेदनमा भविष्यको परिदृश्यले गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस जुलाईसम्म पाँचौं चरणमा पुग्न सक्ने अनुमान गरेको छ ।
यससँगै भोकमरीको सामना गर्न बाध्य हुने चरण पनि सुरु हुन सक्छ । साथै सन् २०१६ मा रेकर्ड गरिएको संख्याको तुलनामा यो चार गुणा बढेको छ । अर्थशास्त्रीले गम्भीर भोकमरीको सामना गरिरहेका ८० प्रतिशत अर्थात् ५ लाख ७७ हजार गाजामा मात्रै रहेको बताए ।

Spread the love