बुधबार सुन प्रतितोला ९९ हजार ५ सयमा कारोवार

फागुन १७,काठमाडौं । बुधबार सुनको मुल्य १ हजार ९ सयले वृद्धि भएको छ ।

मंगलबार प्रतितोला ९७ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य बुधबार प्रतितोला ९९ हजार ५ सयमा कारोवार भइरहेको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९९ हजारमा कारोवार भइरहेको छ ।

बुधबार चाँदीको मुल्यमा ४० रुपैँयाले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार ३ सय ३५ रुपैँयामा कारोवार भएको  चाँदीको मुल्य बुधबार प्रतितोला १ हजार ३ सय ७५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love