प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताउनु भयो ।
मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरुमा वृद्धि भइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताउनु भयो ।

Spread the love