अर्थ मन्त्रालयले ल्यायो निजी क्षेत्रका लागी कोरोना प्याकेज

कोरोना प्रभावित व्यवसायीलाई चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन छुट

विश्वभर कोरोनाका कारण प्रभावित बनेका नागरिक तथा व्यवसायीहरुलाई विभिन्न प्याकेजहरु घोषणा भईरहेका बेला नेपालमा पनि सरकारले केही राहतको कार्यक्रम ल्याएको छ । अर्थ मन्त्रालयले कोरोना प्रभावित व्यवसायीहरुका लागी भन्दै चैत मसान्तको किस्ता सार्ने व्यवस्था गरेको हो । कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन समेत दिएको छ । त्यसैगरि क्यासलेस बैंकिङलाई प्रवद्र्धन गर्ने, बैंकहरुले नगद दिंदा संक्रमणरहित बनाएर मात्र दिने व्यवस्था गर्ने । लोनको प्रोभिजनिङ नगर्ने लगाएतका बिषयमा पनि मन्त्रालयले निर्णय गरेको जनाएको छ ।

Spread the love