एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४पुगेको छ । २३० यात्रुर १२ जनाक्रु मेम्बर सहित २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।
अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ ।साथै ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ ।सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।

Spread the love