कोलोराडोमा एकजना नेपाली ग्लोबल सिईओ अवार्ड बाट सम्मानीत भएका छन । सिईओ क्लब ग्लोबलले आयोजना गरेको ग्लोबल सिईओ समिटमा कोलोराडोमा व्यवसाय गरेर बसेका सुनिल पाठक फिलान्थोपिक सिईओ 2023 बाट सम्मानीत भएका हुन ।
विश्वभरका मिलिनियरहरु मध्येबाट दुईजना सम्मानित भएकामा एकजना नेपाली पनि त्यसमा परेका हुन । यसरी सम्मानीत हुनेमा ग्लोबल डक्टर तथा नर्स नेटवर्कका संस्थापक अध्यक्ष डा. होजत अस्करी र एटिए गुपका अध्यक्ष तथा सिईओ सुनील पाठक रहेका छन ।
पाठक नेपाली अमेरिकी व्यवसायीहरुमा मानव सेवामा अधिक काम गर्ने व्यवसायीका रुपमा परिचित छन । पाठक अलस्टेट ईन्स्युरेन्सका एजेन्सी मालीक हुन भने विभिन्न क्षेत्रमा स्टोरहरुको व्यवसाय पनि गरिरहेका छन । नर्थसेन्टल युनिभर्सिटिबा विद्यावारिधि गरिरहेका पाठक अमेरिकी राजनीतिक तहमा समेत उच्च पह“च भएका नेपालीमा रुपमा चिनिएका व्यक्ति हुन ।