नेपाल राष्ट्र बैंकद्धारा मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमय दर अनुसार आज डलरको भाउमा सामान्य गिरावट देखिएको छ । युरो,पाउण्ड रियाल लगायतका विदेशी मुद्राको भाउ घटेर आएको छ ।
राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा र्निधारण गरेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

Spread the love