काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा सिन्डिकेटको हल्ला चलाइएको भन्दै त्यस्तो गैर कानुनी क्रियाकलापको पछि नलाग्न आग्रह गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सिन्डिकेटका गिरोहहरूले मलेसिया र नेपालका सम्बन्धित निकायलाई प्रभाव पार्छौं र सिन्डिकेट गर्छौं भन्ने भ्रममा पारी नेपालका म्यानपावर कम्पनीहरूलाई प्रलोभन देखाई २५ वटा कम्पनीबाट मात्र कामदार लैजान पाउने व्यवस्था गर्छौं भन्ने भ्रमसिर्जना गरेकाले त्यस्तो भ्रमको पछि नलाग्न व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।ंसंघले व्यवसायी विरोधी क्रियाकलापमा संलग्न भएको पाइएमा जोकोही व्यक्ति वा संस्थालाई कडा कानुनी कारबाहीको दायरामा ल्याइने बताएको छ । संघले सिन्डिकेट गिरोहका पछि लागेर व्यवसायी विरोधी कार्य गर्नेको पहिचान गरी छानबिन र कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, अध्यक्ष जनक रावलले पनिविज्ञप्ति जारी गर्दै मलेसिया जाने कामदारको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न भन्दै ‘संचालन प्रणाली’ नामकमा एकाधिकार लाद्ने प्रयास भइसरहेको भन्दै एकाधिकारको अन्त्यका लागि सबै व्यवसायी र सरोकारवालाहरुलाई सचेत रहन र एकताबद्ध हुन आग्रह गरेका छन् ।