असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १६.९६ अंकले घटेर २८४३.०० को बिन्दुमा पुगेको हो ।
आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाईड्रोपावर र होटेल र पर्यटन बाहेक सबै समूहको समूहगत सूचक घटेको छ । हाईड्रोपावर समूहको समूहगत सूचक सर्वाधिक बढी १.९७ प्रतिशत बढेको छ भने विकास बैंक समुहको १.६४ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्योरेन्स कम्पनीको ३५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीवार सामान्य अंकले घटेको बजारमा होटल्स तथा पर्यटन र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन जलविद्युतको सर्वाधिक १ दशमलव ९७ प्रतिशत र होटल्स तथा पर्यटनको १ दशमलव १७ प्रतिशतले परिसूचक बढेको छ ।
यस दिन बैंकिङ्गको शून्य दशमलव ३९ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७ प्रतिशत, विकास बैंकको १ दशमलव ६४ प्रतिशत, वित्तको १ दशमलव ३१ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव २१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६९ प्रतिशत, अन्यको १ दशमलव ३८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २१ प्रतिशत र लगानी समूहको १ दशमलव ५६ प्रतिशतले परिसूचक घटेको छ ।
यस दिन २१९ ओटा कम्पनीको ७८ हजार ९८३ पटकको व्यापारमा रू. ७ अर्ब ३ करोड ३६ लाख ३ हजार बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर कारोबार भएको छ । करीब २० अर्ब रुपैयाँको शेयर कारोबार भएको नेपालको शेयर बजारमा पछिल्लो समय कारोबार रकम घट्दै गएको छ ।
बैंक तथा वित्तीय संस्थामा ब्याजदर वृद्धि र लकडाउन खुकुलो भएसँगै शेयर बजारलाई बैकल्पिक लगानीको क्षेत्र बनाएका लगानीकर्ता वाहिरिएको अनुमान जानकारहरुको छ । यद्यपि बजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएकाले कारोबार रकमले केहि समयपछि उच्चता कायम गर्ने विश्वास पनि उनिहरुले गरेका छन् ।
बिहीवार पनि सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ८३ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको हो । गत साताको तेस्रो कारोबार दिनदेखि निरन्तर सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको उक्त कम्पनीको शेयरमूल्य भने बिहीवार रू. १ हजार ६६९ कायम भएको छ ।
बिहीवार ङादी ग्रुप र नेपाल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ५ प्रतिशतभन्दा बढीले घटेको छ । ङादी ग्रुप पावरको ५ दशमव ६८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३० ले घटेर अन्तिम मूल्य रू. ४९८ र नेपाल इन्स्योरेन्सको ५ दशमलव शून्य ८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ६३ ले घटेर अन्तिम मूल्य रू. १ हजार १७८ मा झरेको हो ।
यस दिन अघिल्लो कारोबार दिनभन्दा कम्पनीको शेयरमूल्य २ दशमलव ५७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ४४ ले घटेको छ । यस दिन ३७ ओटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ । यी मध्ये पनि अपर तामाकोशीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले बढेको हो । यस दिन अपर तामाकोशीको प्रतिकित्ता रू. ६७ ले बढेर अन्तिम मूल्य रू. ७४५ कायम भएको छ ।
यस दिन सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीभित्र अपर तामाकोशीसँगै समृद्धि फाइनान्स, रू रू जलविद्युत् परियोजना, कृषि विकास बैंक र नेपाल हाइड्रो डेभलोपर रहेको छ ।
समृद्धि फाइनान्सको ३ दशमलव ६५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १४ ले बढेर अन्तिम मूल्य रू. ३९८, जलविद्युत् परियोजनको २ दशमलव ५६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ९६०, कृषि विकास बैंकको २ दशमलव ३४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ११ ले बढेर अन्तिम मूल्य रू. ४८२ र नेपाल हाइड्रो डेभलोपरको २ दशमलव ३३ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. ४४० कायम भएको हो ।
