काठमाडौं । नेपाल ट्रेड यूनियन कांग्रेसले न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा स्वागत गर्दै आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान माग गरेको छ ।
मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले त्रिपक्षीय निर्णय पश्चात् सरकारले बृद्धि गरेकोपारिश्रमिकलाई आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान र त्यसको त्रिपक्षीय संरचना बनाई अनुगनम गर्न सरकार र रोजगारदाताहरुसँग माग गरिएको जनाए ।
त्यस्तै उक्त निर्णयका सन्दर्भमा केही संस्थाबाट भएका टिका टिप्पणीहरुप्रति पनि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति प्रतिवद्ध जिम्मेवार श्रमिक संस्था भएकोले तुच्छ टिप्पणी गरी आफूलाई पानी माथिको ओभानो बनाउन खोज्ने प्रवृत्तिप्रति खेद ब्यक्त समेत गरिएको छ ।
साथै, यही २०८२ असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीबाट नेपाल–चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भई चीन जोड्ने मितेरी पुल नै बगाएपछि दुई देशबीच सम्बन्ध टुट्दा चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार हुन नसकेकोप्रति महासंघले ध्यानाकर्षण गराएको छ ।