गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्याः मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमानै धेरै समस्यामा आउने गरेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमामात्र नभइ सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए ।
उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए ।उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए ।

Spread the love