काठमाडौं । पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ।
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हाल सम्म ३३२ जनाको मृत्यु भएकोे हो ।
भारी वर्षा रबादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए।
पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ।
पिडिएमएको रिपोर्ट अनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ।
शाङ्लामा ३७, मान सेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टा ग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ।
क्षतिको भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तु नख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टा ग्राममा संकटकाल घोषणा गरेको छ।